chair-janata
Advertisement

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्रगत भरतपुर आँखा अस्पताल, चितवनलाई रु. २ लाख ६० हजार बराबरको २० थान थ्री सिटर आगन्तुक कुर्सी प्रदान गरेको छ ।

बैंकको भरतपुर क्षेत्रीय उपप्रमुख संजय शर्माले नेपाल नेत्र ज्योती संघ भरतपुरका अध्यक्ष कृष्णराज धरेललाई एक कार्यक्रमका बीच ति सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । भरतपुर आँखा अस्पताल नेपाल नेत्र ज्योती संघद्वारा संचालित गैर नाफामुलक अस्पताल हो । यस अस्पतालले चितवन लगाएत आसपासका जिल्लामा गुणस्तरीय आँखा उपचार सेवा संचालन गरिरहेको छ ।

यसैगरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्रगत वीरेन्द्र विद्या मन्दिर क्याम्पस, टीकापुर, कैलालीको पुस्तकालयलाई रु. ७५ हजार बराबरको विभिन्न सन्दर्भ पुस्तकहरु उपलब्ध गराएको छ । जनस्तरबाट संचालित उक्त क्याम्पसमा करिब ५०० विद्यार्थीहरु अध्ययन गर्दै आएका छन् ।

Advertisement
Advertisement