६ माघ २०७८, बिहीबार

नेपाल–भारत फ्रन्चाइज लगानी एक्स्पो भोलिदेखि हुने

प्रकाशित मिति :  ३१ बैशाख २०७६, मंगलवार १८:२०


काठमाडौं । नेपाल–भारत फ्रन्चाइज लगानी एक्स्पो काठमाडौंमा हुने भएको छ ।  एक्स्पो जेठ १ र २ गते काठमाडौंमा हुने नेपाल उद्योग बाणिज्य महासंघले मगलबार काठमाडौमा पत्रकार स्म्मेलन गर्दे जानकारी गराएको हो ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय उद्योगका ब्राण्डहरुले प्रर्दशन गर्ने मेलामा उच्च व्यवसायिक व्यक्तिहरुको सहभागिता हुनेछ ।एक्स्पोमा नेपालमा काम गर्न चाहाने मल्टिनेश्नल कम्पनीहरुले लगानी गर्ने अवसर प्राप्त गर्नेछन् ।

कार्यक्रमबारे जानकारी दिदैं नेपाल उद्योग वाणिज्य संघकी अध्यक्ष भवानी राणाले नेपालमा जोइन्ट भेन्चरको रुपमा काम गर्न चाहने व्यक्तिहरुका लागि अवसर प्राप्त गर्ने बताइन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, भारतीय दूतावास र भारतीय फ्रन्चाइज कम्पनीको संयुक्त आयोजनामा हुने मेलामा २५० जना व्यवसायी, रिटेल, शिक्षा, फुड, बिभरेज, रियल एस्टेट, टेक्नोलोजी लगायतका १ हजार फ्रेन्चाइजका व्यवसायीहरु सहभागी हुनेछन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा