८ माघ २०७८, शनिबार

होडैडा बन्दगाहको सुरक्षा तटरक्षकलाई : राष्ट्रसङ्घ

प्रकाशित मिति :  ३१ बैशाख २०७६, मंगलवार २१:२०


होडैडा । यमनको हुथी विद्रोहीले रेड सीको तटीय क्षेत्रमा रहेका बन्दरगाहको सुरक्षा ‘तटरक्षक’लाई सुम्पिएको संयुक्त राष्ट्रसंघले मङ्गलबार जनाएको छ ।

यद्यपि उक्त क्षेत्रमा रहेका सैन्य उपकरण हटाउने धेरै कामहरू भने बाँकी रहेको बताइएको छ । संयुक्त राष्ट्र सङ्घ पुननिर्योजन समितिका प्रमुख जेनरल मिसेल लोलेसगार्डले विद्रोहीले रेड सीमा रहेका बन्दरगाहको सुरक्षा ‘तटरक्षक’लाई सुम्पिने विद्रोहीको कदमको स्वागत गरेको्, राष्टसङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

शान्तिका लागि विद्रोहीले देखाएको समन्वय प्रशंसनीय छ तर अझै पनि उक्त क्षेत्रमा रहेका सैन्य उपकरण हटाइ नसकिएको र यसका लागि थप केही समय लाग्ने राष्ट्रसङ्घले जनाएको छ ।

यमनमा जारी युद्धको अन्त्यका लागि यमनी प्रयासमा यो एक सफलता भएको लालेसगार्डले बताए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा