शेयर बजार बर्ष दिनयताकै उचाइ नजिक पुग्यो
इन्द्र रिजाल
बैशाख ३१, २०७६ बुधबार ५:२:४०
काठमाडौं । लागातार तेस्रो दिन शेयर बजारमा सुधार देखिएको छ। गत आइतबारदेखि बढेको बजारले मंगलबारपनि बृद्धि कायम गरेको हो।
तीन कारोबार दिनमा सूचक २४ अंकले बढ्दा मंगलबार नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ को कारोबार मापक सूचक करिब बर्ष दिनयताकै उच्च बिन्दु हाराहारीमा उक्लिएको छ।
गत बर्ष जेठ १६ गते बजार १३२२ अंकमा थियो। त्यसयता घट्दो क्रममा रहेको बजारले मंगलबार बर्ष दिनयताकै उच्चतम बिन्दुलाई भेट्टाएको हो। मंगलबार बजार १३१५ अंकमाथि उक्लिएको छ।
मंगलबार नेप्सेको कारोबार मापक सूचक १४.१२ अंकले बढेको छ। गत बिहिबार सूचक १२७७ अंकमा रहेको थियो। त्यस यता बजार लगातार बढ्दो क्रममा देखिएको छ।
११ सय अंकबाट बढेको बजारले दुई महिनामा २१४ अंकको बृद्धि कायम गरेको थियो। त्यसयता केहिदिन घट्दो क्रममा देखिएको बजार गत बैशाख २५ मा तल्लो बिन्दु १२७७ अंकसम्म ओर्लिएको छ।
मंगलबार १७० कम्पनीका ३१ लाख कित्ता शेयर एक अर्ब तीन करोड रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा बढि नेपाल बैंक र शिवम् सिमेन्टको उच्च कारोबार भएको छ।
१० करोड रुपैयाँको शेयर कारोबार गर्दै नेपाल बैक पहिलो भएको छ। आठ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार गर्दै शिवम् सिमेन्ट कारोबार रकमको आधारमा दोस्रो भएको छ।
१० प्रतिशतले राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्य बढेको छ। कम्पनीको साधारण र संस्थापक दुबैको शेयर मूल्य बढेको हो। नौ महिनामै एक अर्ब रुपैयाँ नाफा गरेको खबरसँगै शिवम् सिमेन्टको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ।
मंगलबार पनि कम्पनीको शेयरमा बढ्दो क्रमको सर्किट लागेको छ। मंगलबार कारोबारमा आएका १२ समूहको कारोबारमा ट्रेडिङ बाहेक सबै उपसूचक बढेका छन्। ट्रेडिङ ०.०७ प्रतशतले घटेको छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
सुनिल पौडेललाई थुनामा राख्न विशेष अदालतको आदेश
बैशाख १३, २०८१ बिहिबार
टोपबहादुर रायमाझीलाई थुनामै राख्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार