‘सेवा प्रवाहको झन्झटिलो प्रक्रियाले भ्रष्टाचार संस्थागत’
इन्द्र रिजाल
जेठ १, २०७६ बुधबार १२:१०:३८
धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सेवा प्रवाहको झन्झटिलो प्रक्रियाले भ्रष्टाचार संस्थागत हँुदै गएको टिप्पणी गरेका छन् ।
उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको आयोजनामा जनकपुरमा सम्पन्न प्रशासकीय न्याय, सकारात्मक सोच र सेवा विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सेवाग्राही झन्झटिलो प्रक्रियालाई थेग्न नसकेपछि घुस दिएर काम गराउने गरेकाले सेवा प्रवाहको प्रक्रियालाई जनमुखी र व्यावहारिक बनाउनुपर्ने बताए।
उनले भ्रष्टाचारको अन्त्यको शुरुआत माथिबाटै हुनुपर्ने उल्लेख गर्दै भने , “भ्रष्टाचार अन्त्यको शुरुआत आफैँबाट गरिनुपर्दछ, त्यो पनि माथिल्लो निकायबाट, अनि मात्र भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ ।”
नियम र कानून बनाएर भ्रष्टाचार अन्त्य गर्न नसकिने भएकाले मुख्यमन्त्री राउतले यसका लागि आफ्नै छातीमा हात राखेर अघि बढनुपर्ने बताए ।
जनकपुर उच्च अदालतका मुख्यन्यायधिश हरि पोखरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मधेशी आयोगका अध्यक्ष डा विजय दत्त, उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिका अध्यक्ष काशिराज दाहाल, प्रमुख जिल्ला अधिकारी प्रदीप कनेललगायतले मन्तव्य राखेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपइलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार