३१ भाद्र २०७८, बिहीबार

रणवीरको गिरफ्तारीविरुद्ध सर्वोच्च अदालतमा आज सुनुवाई हुँदै

प्रकाशित मिति :  १ जेष्ठ २०७६, बुधबार ०९:०४


काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य भरत बम ‘रणवीर’को गिरफ्तारीविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाई हुँदै छ ।

कालिकोट निवासी पत्रकार शोभराज बरालले सोमबार सर्वोच्चमा गैरन्यायिक थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

नेता बमसहित दुई जनालाई गत बुधबार बाँके प्रहरीले गिरफ्तार गरेको थियो । उनलाई हाल बाँके प्रहरीको हिरासतमा राखिएको छ ।

नेता बमको रिटमाथि मंगलबारलाई पेशी राखिएको तर समय अभाव भन्दै आज सारिएको थियो । रिटमा नेपाल सरकार, गृह मन्त्रालय समेतलाई विपक्षी बनाएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा