fbpx

चीनका प्रमुख क्षेत्रमा विकिपेडीयामाथि प्रतिबन्ध



नेपालबहस संवाददाता
 




चीन । चीनका प्रमुख क्षेत्रमा विकिपेडीयामाथि प्रतिबन्ध लागेको छ । चीनले विकिपेडियाका सबै भाषागत संस्करणमाथि प्रतिबन्ध लगाएको हो ।

चीनका प्रमुख क्षेत्रमा गएको अप्रिलदेखि नै प्रतिबन्ध लागेको विकिपेडिया फाउन्डेशनले पुष्टि गरेको बिबिसीले उल्लेख गरेको छ ।

इन्टरनेटमाथिको सेन्सरसिपबारे अनुसन्धान गर्दै आएकाहरुले चीनमा विकिपेडिया ती हजारौँ वेबसाइटमा समाविष्ट छ जसमाथि चीनमा प्रतिबन्ध लागेको छ वा पहुँच दिइएको छैन । यसअघि चिनियाँ भाषाको विकिपेडिया संस्करणमा मात्रै प्रतिबन्ध लागेको थियो ।

विकिपेडियालाई स्वतन्त्ररुपमा सम्पादन गर्न मिल्ने इनसाइक्लोपेडियाका रुपमा लिने गरिन्छ । सन् २०१७ मा टर्की तथा यो वर्ष भेनेजुएलाले पनि विकिपेडियामाथि प्रतिबन्ध लगाएका छन् ।


सम्बन्धित समाचार