७ आश्विन २०७८, बिहीबार

आज पनि मेघ गर्जनसहित पार्नी पर्ने सम्भावना

प्रकाशित मिति :  १ जेष्ठ २०७६, बुधबार १०:३४


काठमाडौं । देशका पूर्व र मध्य क्षेत्रको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै पश्चिमको पहाडी क्षेत्रको मौसम पनि आंशिकदेखि सामान्य बदली हुने मौसविदले बताएका छन् । बाँकी क्षेत्रको मौसम भने सामान्यतया सफा रहने जनाइएको छ ।

पूर्व र मध्यका थोरै ठाउँ र पश्चिम पहाडीका एक–दुई ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ । बिहानैदेखि घाम लागेको काठमाडौँ उपत्यकामा बेलुकातिर बदली भइ हल्का पानी पर्न सक्ने सम्भावना छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा