उद्योगमन्त्री यादवले गरे कर्मचारीमाथि हातपातको प्रयास
इन्द्र रिजाल
जेठ १, २०७६ बुधबार २२:१८:१५
काठमाडौं । बहालवाला उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवले कर्मचारीमाथि हातपातकाे प्रयास गरेका छन् । पहिलो पटक वन मन्त्री हुँदा ललितपुरका स्थानिय विकास अधिकारीलाई उनले ट्वाइलेटमा थुनेर चर्चामा आएका थिए ।
अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रहेका यादवले आफ्नाे निजी सचिवमार्फत घूस खाएर अनियमित सरूवा गरेकाे आरोप लागेपछि मन्त्रालय भित्र नै बबन्डर मच्चिएको हाे । निजी सचिव प्रेम आचार्यले घूस खाएर आफूहरुलाई सरुवा गरिएको आरोप लगाउँदै मन्त्रालयमा लामो समयदेखि कार्यरत कर्मचारी विरोधमा उत्रिएपछि आज दिउँसो तनावको स्थिति सिर्जना भएको थियाे ।
मन्त्रालयका उपसचिव शोभाकर रेग्मी, शाखा अधिकृत विश्वबन्धु रेग्मी लगायतकाे समूह निजी सचिव आचार्यले घूस खाएको भन्दै मन्त्री भेटन् सचिवालयमा प्रतिक्षा गरिरहदाँ निजी सचिव आचार्य र कर्मचारीबीच भनाभनको अवस्था आएको थियो ।
स्थिति अझै चर्को भएपछि कार्यकक्षमा रहेका मन्त्री यादव जंगिँदै बाहिर निस्केका थिए। मन्त्री यादवले झगडा गर्ने को हो, घूस खाको भन्ने ? प्रमाण के छ पुष्टि गर। नत्र थुन्छु भनेर ढोका लगाउन निर्देशन दिएका थिए।
त्यसपछि ५/६ जनामा रहेका कर्मचारीहरु भागभाग गरे। त्यसपछि मन्त्री यादव स्वयम्ले ती कर्मचारीहरुको कठालो समाउन पुगे। जसका कारण मन्त्रालयमा केहीबेर होहल्ला भएको थियो।
मन्त्री यादवका निजी सचिव आचार्यले भने ती कर्मचारीहरुले उद्योग विभाग जान नपाएको झोंकमा आफूमाथि घूस लिएको आरोप लगाएकाे बताएका छन् । तर गृहमन्त्रालयबाट हटाइएका उपसचिव विनोद खड्कालाई उद्योग मन्त्रालयले आर्थिक चलखेल गरी उद्योग विभागमा पदस्थापन गरेको, शाखा अधिकृत अर्जुन राईलाई अध्ययन बिदा सकेको वर्ष दिन नपुग्दै उद्योग विभागमा सरुवा गरेको भन्दै कर्मचारीहरुले विरोध जनाएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार