barsa madayam
Advertisement

काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्र र पूर्वी पहाडी भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

पश्चिमी क्षेत्रमा विकसित भएको पश्चिमी वायु, राजस्थानमा बनेको न्यून चापीय क्षेत्र र स्थानीय वायुको प्रभावले केही दिनसम्म मौसम बदली रही काठमाडौँ उपत्यकासहित देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

राति देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

Advertisement