७ आश्विन २०७८, बिहीबार
विदेश

साइबर हमलाको आशंकामा अमेरिकामा राष्ट्रिय संकटकालको घोषणा

प्रकाशित मिति :  २ जेष्ठ २०७६, बिहीबार ०८:३३


health services to be made accessible and provided free of cost : Health Minister
Cyber Attack Crime

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विदेशी साइबर हमलाको स्थितीमा अमेरिकी कम्प्युटरलाई बचाउनका लागि राष्ट्रिय संकटकालको घोषणा गरेका छन् । ट्रम्पले एक कार्यकारी आदेश जारी गरेर राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् ।

उनको यो आदेशपछि अमेरिकी कम्पनीहरुलाई विदेशी दुरसंचार सेवाको उपयोग गर्नबाट प्रतिबन्ध लगाइएको छ । यी विदेशी दुरसंचार सेवाका कारण राष्ट्रिय सुरक्षालाई खतरा हुनसक्छ भनिएको छ ।

ट्रम्पले आफ्नो आदेशमा कुनै पनि कम्पनीको नाम लिएका छैनन् । यद्यपी, विश्लेषकका अनुसार राष्ट्रपति ट्रम्पले यो कदम विशेष रुपमा चीनको टेलिकम कम्पनी हुवावेका लागि उठाएका हुन् ।

थुप्रै देशले हुवावे कम्पनीको उत्पादनको प्रयोगले चीनलाई जासुसीका लागि सहयोग गरिरहेको अनुमान गरेका छन् ।

टेलिकम उपकरण बनाउने संसारको सबैभन्दा ठूलो कम्पनी हुवावेले यद्यपी यी आशंकालाई निराधार बताउँदै आफ्नो कामले कसैलाई हानी नोक्सानी नहुने र जासुसीको कुनै जोखिम नभएको बताएको छ ।

ह्वाइट हाउसको बयान अनुसार ट्रम्पको आदेशको उद्देश्य ‘अमेरिकालाई विदेशी दुश्मनबाट बचाउनु हो जो सक्रिय रुपमा लगातार सूचना र संचार प्रविधी एवं सेवाको उपयोगबाट अतिसंवेदनशील बनेका छन् ।’


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा