८ आश्विन २०७८, शुक्रबार
विकास बैंक

औद्योगिक नगरी बीरगंजमा खुल्यो गरिमा विकास बैंक

प्रकाशित मिति :  २ जेष्ठ २०७६, बिहीबार १०:१५


garima-birgunj

काठमाडौं । औधोगिक नगरी बीरगंजमा गरिमा विकास बैंक लिमिटेडले शाखा कार्यालय खोलेको छ । मिति २०७६ जेष्ठ १ गते बुधबार बीरगंज शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको हो । उक्त शाखा कार्यालयको उद्घाटन बीरगंज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले गरेका थिए ।

कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले देशको मुख्य व्यापारिक केन्द्र बीरगंजमा आफ्नो उपस्थिती जनाएको र बीरगञ्ज शाखाबाट समेत देशका अन्य शाखाहरुबाट जस्तै उत्कृष्ट सेवा प्रदान गरिने बताए । त्यसैगरी गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले विकास बैंकले देशका सातवटै प्रदेशमा आफ्नो उपस्थिती जनाइसकेको र आगामी दिनमा समेत शाखा विस्तारको क्रमलाई तीव्रता दिने एवं ग्राहकहरुलाई उत्कृष्ट सेवाप्रदान गर्ने कार्यमा विकास बैंक सदैव प्रतिवद्ध रहेको जानकारी दिए । कार्यक्रममा नेपाल राष्ट्र बैंक बीरगंज कार्यालयका निर्देशक राजनबिक्रम थापा, बीरगञ्ज नगरपालिका वाड नं. ८ का वडाध्यक्ष राजकिशोर गुप्ता, बीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

काठमान्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमान्डौं उपत्यका भित्र ८ वटा शाखा सहित देशभर ७६ शाखा र ३१ वटा एटीएम संचालनमा छन् । विकास बैंकले निकट भविष्यमा नै देशका विभिन्न १५ स्थानमा शाखा कार्यालय स्थापना गर्ने भएको छ ।

विकास बैंकले आर्थिक बर्ष २०७५÷७६ को त्रैश्रो त्रेमासको अन्तसम्ममा रु.३० अर्ब ३६ करोड निक्षेप संकलन गरी रु.२६ अर्ब १६ करोड कर्जा लगानी गरेको छ । उक्त अवधिसम्ममा विकास बैंकले ६६ करोड ६० लाख सञ्चालन मुनाफा आर्जन गरेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता