१३ माघ २०७८, बिहीबार

‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन पर्यटन क्षेत्रको सुरक्षा आवश्यक

प्रकाशित मिति :  २ जेष्ठ २०७६, बिहीबार १०:१८


काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पर्यटन क्षेत्रको सुरक्षा आवश्यक रहेको बताइएको छ । ‘नेपाल भ्रमण वर्ष–२०२० र पर्यटन सुरक्षामा सरोकारवाला निकायको झूमिका’ विषयक पर्यटन विभाग र पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपले बुधबार आयोजना गरेको कार्यक्रमका वत्ताले यस्तो बताएका हुन् ।

कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले प्रहरी एक्लैले पर्यटकको सुरक्षा गर्न नसक्ने भन्दै यसका लागि पर्यटन व्यवसायीको समेत गहन जिम्मेवारी रहेको बताए।

“विश्वका अरु देशको राजधानीभन्दा नेपालको राजधानी काठमाडौँ आपराधिक क्रियाकलाप कम हुने राजधानीमा पर्छ, यो सन्देश विश्वमा लैजानु जरुरी छ”, उनले भने ।

समुदायसँग सहकार्य गरेर शान्तिपूर्ण समाज निर्माण गर्न काठमाडौं प्रहरी लाग्ने उनको भनाइ छ । उनले ठमेलभित्र देखिएको विकृति अन्त्यका लागि व्यवसायीसँग छलफल गरेर अगाडि बढ्ने बताए ।

सुरक्षित वातावरण निर्माण भए मात्र पर्यटक आगमन बढ्ने कार्यक्रमका वत्ताहरुको भनाइ थियो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा