७ आश्विन २०७८, बिहीबार
राजनीति

राष्ट्रिय मानवअधिकार आयोगलाई ५ वटा पत्रकार संगठनकाे ध्यानाकर्षण

प्रकाशित मिति :  २ जेष्ठ २०७६, बिहीबार १०:३०


आप्रवासी कामदारको अधिकार संरक्षण गर्न आयोगको सिफारिश

काठमाडौं । सरकारले ल्याएको मिडिया काउन्सिल सम्बन्धी विधेयक लगायत पत्रकार तथा सर्वसाधारण नागरिकहरुको गैरन्यायिक गिरफ्तारी र धरपकड बढदै गएको भन्दै ५ वटा पत्रकार संगठनले राष्ट्रिय मानवअधिकार आयोगलाई ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले बुधबार आयोगको कार्यलय पुगेर कार्यवाहक अध्यक्ष प्रकाश वस्ती लगाएतका पदाधिकारीलाई गिरफ्तारीप्रति ध्यानाकर्षण गराएका हुन् ।

जनपत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रे, प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्मा, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष ईन्द्र रावत,जनपत्रकार संगठनका महासचिव हिम विष्ट, प्रेस सोसाइटी र मधेसी पत्रकार समाजका पदाधिकारीहरु आयोग पुगेका हुन् ।

पत्रकारहरुले प्रेस विरोधी विधेयक तत्काल खारेज नगरे अन्तर्रा्िष्ट्रय मिडिया मिसन र संयुक्त राष्ट्रसंघलाई समेत गुहार्ने चेतावनी दिइरहेका वेला संगठनका पदाधिकारी आयोग पुगेर गम्भीर हुन अनुरोध गरेका हुन् ।

पत्रकारहरुका कुरा सुन्दै आयोगका कार्यवाहक अध्यक्ष वस्तीले अहिले संसदमा प्रस्तुत गरिएको विद्येयक पारित भए नेपाली प्रेसको स्वतन्त्रता संकटमा पर्ने भन्दै आफुहरु त्यसबारे गम्भीर रहेको जनाए ।

‘यो विधेयक संसदबाट पास भएर कानून बन्यो भने नेपालमा प्रेस स्वतन्त्रता बाँकी रहँदैन’ वस्तीले भने । वस्तीले गैरन्यायिक गिरफ्तारीप्रति आयोग गम्भीर बनेको बताएका थिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा