७ आश्विन २०७८, बिहीबार

देशैभर कहाँ के भयो ? घटना दुर्घटना थाहा पाउनुस

प्रकाशित मिति :  २ जेष्ठ २०७६, बिहीबार ११:२०


नेपाल प्रहरीमा ५ डीएसपीको सरुवा, बौद्ध वृत्तमा कार्की

काठमाडौं । नेपाल प्रहरी विभागले जेठ १ गते देशैभर भएका घटना दुर्घटनाहरु सार्वजनिक गरेको छ । नेपाल पुलिसको अफिसियल पेज मार्फत जेठ १ गते भएका घटना दुर्घनाहरुलाई सार्वजनिक गरिएको हो ।

यता भक्तपुरमा प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका ८ जगातीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने खोटाङ चिसापानी बस्ने ३३ वर्षीय केशवबहादुर तामाङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले ईटहरीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.२० च ८२०९ नम्बरको बलेरो गाडी जाँच गर्ने क्रममा चालक तामाङले प्रहरीले नगद १ सय रुपैयाँ दिन खोजे पश्चात प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यस्तै काठमाडौं महानगरपालिका १ सानो गौचरण बस्ने ३५ वर्षीय सुरज ढकाललाई लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९५.३९ ग्राम, तौल गर्ने मेशिन १ थान, लागूऔषधको कालो धुलो ५ ग्राम, नगद ४५ हजार रुपैयाँ र मोबाइल २ थान सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनले लागूऔषध बिक्री बितरण गर्ने गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट संयुक्त रुपमा खटिएको प्रहरीले ढकालको कोठा खानतलासी गर्दा उक्त लागूऔषध र नगद सहित फेला पारी पक्राउ गरेको हो ।

सर्लाही, पर्सा गाउँपालिका-३ नारायणपुरबाट सोही गाउँपालिका-२ संग्रामपुर टोल बस्ने २२ वर्षीय उमेश चन्द्र राय र १९ वर्षीय राहुल राय यावदलाई अवैध लागूऔषध गाँजा करिब २ केजी सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी नारायणपुरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ३० इ १७१५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा बोरामा बेरेर राखेको उक्त परिमाणको लागूऔषध फेला पारी मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

उता जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुरमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका-२ संगम चोक डेरा गरी बस्ने १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही उपमहानगरपालिका-५ पिप्लेकुना बस्ने ४२ वर्षीय हिरालाल चौलागाईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनले ती बालिकालाई गत शनिबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले चौलागाईलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यस्तै काठमाडौं महानगरपालिका-८ जय बागेश्वरीस्थित ईलाम फाकफुकथुङ गाउँपालिका-२ घर भएका ३० वर्षीय गौरव राईको ईलाम पाँचथर गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा राई समेत ५ जनालाई नगद ६५ हजार ३ सय ३५ रुपैयाँ र ३ बुक तास सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

उता कपिलवस्तुको महाराजगंज नगरपालिका-८ सिंग्राहा-कजरहवास्थित सडकको किनारमा रहेको बगैचाबाट बाह्रबोरको एकनाले बन्दुक १ थान मंगलबार राति प्रहरीले बरामद गरेको छ ।

सीमा प्रहरी चौकी हर्दौनाबाट खटिएको प्रहरीलाई देख्नासाथ अन्दाजी २३ जनाको समूहमा रहेका अपरिचित व्यक्तिहरुले प्लाष्टिकको सेतो बोरा फाली फरार भए पश्चात प्रहरीले बोरा खोली उक्त बन्दुक फेला पारेको हो ।

फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा