७ आश्विन २०७८, बिहीबार
वाणिज्य बैंक

एनसीसी बैंकको शाखा १२५ पुग्यो, ढोरफिर्दीबाट कारोबार सुरु

प्रकाशित मिति :  २ जेष्ठ २०७६, बिहीबार ११:४९


ncc-bank

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी)ले तनहुँ जिल्लाको शुक्ला गण्डकी नगरपालिका, वडा नं. ८ ढोरफिर्दीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । ढोरफिर्दीमा शाखा कार्यालय विस्तार गरेसंगै बैंकको देशभर शाखा संख्या १२५ पुगेको छ ।

ढोरफिर्दी र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्धेश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा