८ आश्विन २०७८, शुक्रबार
खेलकुद

आयरल्याण्डविरुद्व बंगलादेशको सहज जित

प्रकाशित मिति :  २ जेष्ठ २०७६, बिहीबार १२:३१


एजेन्सी । त्रिदेशीय एक दिवसीय सिरिजमा बंगलादेशले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा बंगलादेशले आयरल्याण्डलाई ६ विकेटले हराएको हो । २ सय ९३ रनको लक्ष्य बंगलादेशले ४३ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो ।

लिटोन दासले ७६ रन बनाएको ईनिङ्समा तमिम इकबलले ५७ र सकिब अल हसनले ५० रनको अर्धसतकीय पाली खेले । मुसाफिर रहमानले ३५, मोसदेक हसेनले १४ तथा महमुदुल्लाहले नटआउट ३५ रन बनाए ।

आयरल्याण्डका बायड रंकिनले सर्वाधिक २ विकेट लिए । यसअघि, पहिले ब्याटिङ गरेको आयरल्याण्डले ८ विकेट गुमाएर २ सय ९२ रन बनायो ।

पाउल स्टर्लिङले १ सय ३० रनको शतकीय पाली खेल्दा विलियन पोर्टरफिल्डले ९४ रन बनाए । अन्य खेलाडीको प्रर्दशन उल्लेख्य रहन सकेन ।

बंगलादेशका अबु जायदले सर्वाधिक ५ विकेट लिए । त्रिदेशीय सिरिजमा बंलादेशले १४ अंक बटुलेको छ । दोस्रो स्थानको वेस्ट ईन्डिजको ९ अंक छ । आयरल्याण्डको २ अंक रहेको छ ।

सिरिजको उपाधिका लागि बंगलादेश र वेस्ट ईन्डिजले शुक्रबार प्रतिस्पर्धा गर्ने तय भएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा