८ आश्विन २०७८, शुक्रबार

मदन भण्डारी स्मृति फुटबल प्रतियोगिता भोलिदेखि

प्रकाशित मिति :  २ जेष्ठ २०७६, बिहीबार १३:३९


बनेपा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन काठमाडौँ विश्वविद्यालय केन्द्रीय क्याम्पस कमिटीको आयोजनामा भोलिदेखि १५ दिनसम्म मदन भण्डारी स्मृति फुटबल प्रतियोगिता हुने भएको छ ।

काठमाडौँ विश्वविद्यालय धुलिखेलको खेल मैदानमा नकआउटका आधारमा हुन लागेको सो प्रतियोगितामा विभिन्न जिल्लाका गरी २४ वटा समूहले नाम दर्ता गरिसकेको आयोजक समितिका संयोजक प्रविण ज्ञवालीले बताए ।

“हामीले आह्वान गरेको हिजोसम्मको समयसीमाभित्रमा २४ वटा समूहले नाम दर्ता गरिसकेका छन्”, संयोजक ज्ञवालीले भने, “नाम दर्ताका लागि प्रति समूह १० हजार शुल्क निर्धारण गरिएको थियो ।”

प्रतियोगितामा विजयी समूहले नगद रु ५० हजार र उपविजेताले रु ३० हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि रु १५ लाख २१ हजार खर्च लाग्ने अनुमान गरिएको ज्ञवालीले बताए ।

यसरी आयोजना गरिएको प्रतियोगिता दोस्रो पटकको हो । गत वर्षमा गरेको पहिलो प्रतियोगितामा १६ वटा समूहले भाग लिएका थिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता