८ माघ २०७८, शनिबार
राजनीति

संघीयता कार्यान्वयन गर्न सरकार असफल : सांसद् गगन थापा

प्रकाशित मिति :  २ जेष्ठ २०७६, बिहीबार १३:४४


सुर्खेत । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद् गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता विरोधीको संज्ञा भएको संज्ञा दिएका छन्।

सुर्खेतमा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयताप्रति प्रधानमन्त्रीको रुचि नभएको बताए ।

पूर्व मन्त्री समेत रहेका थापाले संघीयता कार्यान्वयन गर्न सरकार असफल भएको पनि बताए । नेपालको इतिहासको सबै भन्दा बलियो सरकार भएको बताउँदै भने, ‘प्रधानमन्त्री संघीयताप्रति चरम अरुचि राख्ने व्यक्ति हो। हामीसँग पटक-पटक छलफलमा भन्नु भएको छ नेपालमा संघीयता चल्दैन यो मलाई हुँदै हुँदैन भनेर।’

थापाले प्रधानमन्त्रीले संसदमा आफूहरूलाई हेपेको र स्थानीय सरकारलाई अधिकारविहीन बनाएको पनि जिकिर गरेका छन्। नेकपाको एकता चुनाव जित्नका लागि मात्रै भएको थापाको टिप्पणी छ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा