७ आश्विन २०७८, बिहीबार

एसिया कप व्हिल चियर टी–ट्वान्टी क्रिकेटमा नेपाल पराजित

प्रकाशित मिति :  २ जेष्ठ २०७६, बिहीबार १८:३४


काठमाडौं । एसिया कप व्हिल चियर टी–ट्वान्टी क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । बिहिबार भएको दोस्रो खेलमा नेपाल बंगलादेशसंग ८ विकेटले पराजित भएको छ ।

किर्तिपुरस्थित टियु मैदानमा नेपालले दिएको १४९ रनको लक्ष्य बंगलादेशले १८ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । बंगलादेशको जितमा मोहमद रिपोन उडिनले ५० रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै, जाबेद अहमेदले ३८ रन जोड्दा साजिद हुसेनले ३१ तथा मोहमद असिप हुसेनले अविजित १३ रन बनाए । नेपालका कप्तान दिगम सिंह चेम्जोङ र सुपर राईले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९ ओभर ३ बलमा अलआउट हुँदै १४८ रन बनाएको थियो । नेपालका लागि होमनाथ राईले ३६ रन बनाए ।

यस्तै कप्तान दिगम सिंह चेम्जोङले ३५ रन, डम्बर मगरले १९ र विष्णु पुकार श्रेष्ठले १६ रन जोडेका थिए । बंगलादेशका मोहिदुल अस्लामले ३ विकेट लिए ।

यो हारसंगै नेपालको फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । नेपाल बुधबार भएको पहिलो खेलमा भारतसँग ६ विकेटले पराजित भएको थियो । अब नेपालले शुक्रबार पाकिस्तानसंग खेल्नेछ । बंगलादेशको यो पहिलो जित हो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा