३१ भाद्र २०७८, बिहीबार
वाणिज्य बैंक

कुमारी बैंकद्धारा विपन्न विद्यार्थीलाई पाठ्यपुस्तक वितरण

प्रकाशित मिति :  २ जेष्ठ २०७६, बिहीबार १९:२१


kumari bank

काठमाडौं । कुमारी बैंकले कमलपोखरीस्थित श्री कमल आधारभूत विद्यालयमा कक्षा १ देखि कक्षा ८ सम्म अध्ययनरत विपन्नवर्गका विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण गरेको छ ।

विगत वर्षको सहयोगलाई निरन्तरता दिदैं उक्त बिद्यालयका बालबालिकाको गुणस्तरीय एवं आधारभूत शिक्षामा टेवा पु¥याउने उदेश्यका साथ बैंकले पाठ्यपुस्तक वितरण कार्यक्रम सम्पन्न गरेकोे हो ।

गुणस्तरीय शिक्षामा टेवा पु¥याएर बौद्धिक विकासको उज्यालोतर्फ लैजाने उद्देश्यले गरिएको उक्त कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजिव गिरीले विद्यालयका प्रधानाध्यापक मानबहादुर खड्कालाई पाठ्यपुस्तक हस्तान्तरण गरेका छन् ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्र्तगत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा