७ आश्विन २०७८, बिहीबार

नरिवल खसाल्ने जात्रा ललितपुरमा मनाइयो

प्रकाशित मिति :  २ जेष्ठ २०७६, बिहीबार १९:२५


काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथजात्राको क्रममा मनाइने नरिवल खसाल्ने जात्रा बिहिबार ललितपुरमा मनाइएको छ ।

नेपालकै सबैभन्दा लामो जात्राको चिनिने यो जात्रामा रथको टुप्पोबाट नरिवल खसालेर खाइन्छ र नरिवल समात्न सक्ने व्यक्तिलाई पुत्रलाभ हुने जनविश्वास रहिआएको छ ।

नरिवल खसाल्नुअघि मत्स्येन्द्रनाथको पूजा गरेर रथको टुप्पोबाट चारै दिशामा योमरी र ल्होंचामरी छरेर अभिषेक गरिन्छ ।

नरिवल खसालिएपछि दोस्रो दिन महिलाले मात्र रथ तानेर लगनखेलबाट थटीटोल पुर्‍याउने चलन छ । त्यसपछि साइत हेरेर रथ कुमारीपाटी हुँदै जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो जात्रा देखाइन्छ र जात्रा समापन हुन्छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा