७ आश्विन २०७८, बिहीबार

चरिकोटमा आगलागी हुँदा सात करोडको क्षति

प्रकाशित मिति :  २ जेष्ठ २०७६, बिहीबार २३:०९


चरिकोट । दोलखाको चरिकोट बसपार्कमा गए राति आगलागी हुँदा घर जलेर नष्ट हुँदा रु सात करोड बराबरको क्षति भएको छ ।

भिमेश्वर नगरपालिका–३ बसपार्कस्थित तुनाबहादुर खत्रीको घरमा रहेको त्रिपुरा रिहान टायर रिसोलिङ सेन्टरमा आगलागी हुँदा क्षति भएको छ ।

आगलागीबाट खत्रीकी ५५ वर्षीया श्रीमती राधा र २५ वर्षीय राजु खत्री घाइते भएका छन् । गोदामको पहिलो तलामा रहेको ट्युब, टायर, मोबिल तथा दोस्रो तलामा रहेको सामान जलेर नष्ट भएको प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिए ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा भिमेश्वर नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा