३१ भाद्र २०७८, बिहीबार

आँखाको पनि हुन्छ क्यान्सर, कस्तो देखिन्छन् लक्षणहरु

प्रकाशित मिति :  ३ जेष्ठ २०७६, शुक्रबार ०७:३५


काठमाडौं । आँखारोग विशेषज्ञहरूले समयमा ध्यान नदिँदा आँखाको क्यान्सर ‘रेटिनोब्लास्टो’ हुन सक्ने भएकाले त्यसमा सचेत रहन आग्रह गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

चिकित्सकहरूका अनुसार रेटिनोब्लास्टामा ५ वर्षमुनिका बालबालिकामा हुने गर्दछ । यो करिब १५ देखि २० हजार नवजात शिशुमध्ये एकमा देखा पर्न सक्छ जुन वंशानुगत पनि हुन सक्छ ।

आँखाको नानीको कालो भागमा एक किसिमको अनौठो सेतो ज्योति ‘सेतो टीका’ देखिनु, असामान्य रुपमा आँखा रातो हुनु, आँखाको आकार ठूलो हुनु, आँखाको डेढोपना देखिनु यसका लक्ष्यणहरू हुन् ।

उनीहरूका अनुसार आँखा रोग विशेषज्ञद्वारा आँखाको पर्दा जाँच गर्दा यो रोग पत्ता लगाउन सकिन्छ । लेजर, क्रायोथेरापी, केमोथेरापी तथा रेडियोथेरापी गरी यसको उपचार गरिन्छ । ढिलो भएमा आँखाको डल्लो नै निकाल्नुपर्ने हुन सक्छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा