७ आश्विन २०७८, बिहीबार
राजनीति

आज मदन भण्डारीको २५ औँ स्मृति दिवस, घटना अझै रहस्यमय

प्रकाशित मिति :  ३ जेष्ठ २०७६, शुक्रबार ०७:४७


काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको आज २५ वर्ष पुरा गएको छ।

विसं २०५० जेठ ३ गते नारायणगढ(मुग्लिन सडकखण्डमा पर्ने दासढुङ्गामा रहस्यमय जिप दुर्घटनामा परेर भण्डारी र आश्रितको निधन भएको थियो।

घटना भएको २५ वर्ष पुरा भइसक्दा पनि अहिलेसम्म उक्त घटना अहिलेसम्म रहस्यमय छ। भण्डारी र आश्रित चढेको जिपका चालक अमर लामाको समेत केही समयपछि हत्या भएपछि उक्त घटना झनै रहस्यमय बन्न पुगेको हो।

भण्डारी र आश्रितको निधनको बारेमा तत्कालीन सरकारले प्रचण्डराज अनिलको नेतृत्वमा छानबिन आयोग गठन गरेको थियो। त्यस्तै एमालेले केपी शर्मा ओलीको नेतृत्वमा छानबिन आयोग गठन गरेको थियो भने पछि पद्यमरत्न तुलाधरको अध्यक्षतामा समेत छानबिन आयोग गठन गरिएको थियो। तर सबै छानबिन आयोग र समितिले कुनै ठोस निष्कर्ष निकाल्न सकेनन्।

कम्युनिष्टहरु नागरिकबाट चुनिएर मात्र सत्तामा पुग्नुपर्छ भन्ने मान्यता राख्ने भण्डारीले जनताको बहुदलीय जनवादको विकास गरेका थिए। मदन भण्डारीको यो विचार र सिद्धान्तलाई एमालेले मात्र नभएर अरु पार्टीहरुले समेत प्रशंसा गर्दै आएका छन्।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा