३१ भाद्र २०७८, बिहीबार

गोली प्रहार गरी आफ्नै दाइको हत्या

प्रकाशित मिति :  ३ जेष्ठ २०७६, शुक्रबार ०९:४९


पर्सा । पर्सामा भाइले गोली प्रहार गरी आफ्नै दाइको हत्या गरेका छन् । जिल्लाको जिराभवानीपुर गाउँपालिका– १ पलुवामा ३८ वर्षीय भाइ शेख सेरामुद्दिनले दाइ ४८ वर्षीय शेख फरुकलाई पेस्तोलबाट गोली प्रहार हत्या गरेका हुन् ।

घरायसी विवाद हुँदा भाइले दाइको छातीमा गोली प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । गोली लागेर गम्भिर घाइते भएका उनको उपचारका लागि काठमाडौंस्थित शिक्षण अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो ।

अहिले मृतकको शव घर लगिएको छ। गोली प्रहार गर्ने भाइ सेरामुद्दिनलाई कटुवा पेस्तोल र त्यसमा लाग्ने गोलीका खोकासहित प्रहरीले नियन्त्रणमा लिएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा