३१ भाद्र २०७८, बिहीबार
राजनीति

मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकार महासंघ आन्दोलित [फोटोफिचर]

प्रकाशित मिति :  ३ जेष्ठ २०७६, शुक्रबार १४:००


काठमाडौं । संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकसहित अन्काय केही कानुनमा रहेका केही प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्ने ठहर गर्दै आन्दोलित भएको नेपाल पत्रकार महासंघले विरोध प्रदर्शन गरेको छ ।

महासंघको अगुवाइमा भएको प्रदर्शनमा नागरिक समाजका अगुवा तथा आम सर्वसाधारण पनि सहभागी थिए । प्रदर्शनमा सहभागीहरुले मुखमा कालोपट्टी बाँध्नुका साथै प्रेस स्वतन्त्रता तथा नागरिक अधिकारसम्बन्धी विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

पहिलो चरणको आन्दोलनको अन्तिम दिन आज जेठ ३ गते शुक्रबार मध्यान्ह १२ः०० बजे नयाँबानेश्वरस्थित एभरेष्ट होटल अगाडि हुने प्रदर्शनमा आ–आफ्ना सञ्चार साधनहरुसहित आम सञ्चारकर्मी, पत्रकार तथा स्वतन्त्रताप्रेमीहरु उपस्थित भइ प्रदर्शन गरेका हुन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा