काफल बेचेरे पढाइ खर्च जुटाउँदै बालबालिका
इन्द्र रिजाल
जेठ ३, २०७६ शुक्रबार २०:४७:३५
डडेल्धुरा । डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्र र राजमार्ग आसपासका गाउका न्यून आयस्रोत भएका परिवारका बालबालिकाका लागि काफल र मौसमी फलफूल आम्दानी गर्ने मुख्य स्रोत बनेको छ ।
मौसमअनुसारका फलफूलको व्यापार गरेर राम्रो आम्दानी गर्दै आएका सडक आसपास गाउँका बालबालिकाले अहिले भने काफल, पुलम, आल्चा र आरु विक्रीबाट आम्दानी गरी पढाइ खर्च जुटाइरहेका अमरगढी–५ तोफानडाँडाका जोगराज ऐरले बताए।
यो वर्ष असिना पानीले गर्दा काफल पर्याप्त नभए पनि राजमार्ग छेउका महिला तथा बालबालिका टाढाको जङ्गल पुगेर काफल ल्याई बिक्री गर्दा एक हजारसम्म आम्दानी हुने गरेको अमरगढी–१ मालमका ११ वर्षीया रमिता दियाल ९नाम परिवर्तन०ले बताइन् ।
काफल बिक्री गरेर आफूलाई चाहिने कापी कलम र लुगा खरीद गर्ने गरेको र बाँकी पैसा घरमा दिने गरेको उनको भनाइ थियो ।जिल्लाको अमरगढी नगरपालिकाको स्याउले, मालम, दह ब्यारेक, काँडे, भेटा, ढुन्ढुनेलगायत राजमार्ग छेउछाउका बासिन्दाले काफलसँगै अन्य मौसमी फलफूल सङ्कलन गरी बेच्दै आएका छन् ।
गाउँबाट काफल बेच्नका लागि स्याउले बजार र जिल्ला सदरमुकाममा महिला तथा बालबालिका आउने गरेका अमरगढी–१० का वडासदस्य प्रेम विष्टले बताउनुभयो । महिला तथा बालबालिकाले दैनिक रु दुई हजारसम्म आम्दानी गरिरहेका उनको भनाइ थियो
सुदूरपश्चिमका नौवटै जिल्लाको प्रमुख प्रवेशद्वारका रुपमा रहेको डडेल्धुराको स्याउले बजारमा काफल बेच्नेहरूको बिहानैदेखि रातिसम्म भीड हुने र एककिलो काफललाई रु १०० भन्दा बढीमा बेच्ने गरेको स्याउले बजारकी एक महिलाले बताए ।
यसैगरी भिमदत्त राजमार्ग छेउछाउमा मौसमअनुसारका फलफूल तथा जङ्गली फल काफल, कोइरालो, अमला बेच्नेको ताती नै लाग्ने गरेको छ ।
काफल बेच्ने अधिकांश बालबालिकाले आफ्नो पढाइ खर्चको समेत जोहो गर्ने गरेका छन् । काफलको समयमा वर्षेनी धेरै बालबालिका काफलको रुखबाट खसेर घाइते हुनका साथै अङ्गभङ्गसमेत हुने गरेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपउपचारका लागि आएका पुरुषको मलद्वारमा बोतल अड्किएको देखिएपछि...
बैशाख १०, २०८१ सोमबार
आगलागीमा घर जलेपछि दुई परिवारको बिचल्ली, लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
ताप्लेजुङमा आगलागीबाट लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
कतारका राजा अमिर थानी काठमाडौं आइपुगे
बैशाख ११, २०८१ मंगलबार
सेना र हतियारमा कति खर्चमा अमेरिका पहिलो स्थानमा, भारतले कति खर्च गर्छ ?
बैशाख ११, २०८१ मंगलबार
प्रेमिकाले धोका दिएपछि प्रेमीले उठाए यस्तो डरलाग्दो कदम !
बैशाख ११, २०८१ मंगलबार
जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्र दिवसको सान्दर्भिकता
बैशाख ११, २०८१ मंगलबार