१३ माघ २०७८, बिहीबार
राजनीति

केन्द्र सरकारको त्रुटीपूर्ण निर्णयभन्दै प्रदेश सरकारले लियो ‘एक्सन’

सञ्चार विधेयकबाट त्रुटीपूर्ण जरिवाना सम्बन्धी व्यवस्था संशोधन गरी हटाउने

प्रकाशित मिति :  ३ जेष्ठ २०७६, शुक्रबार १५:५९


काठमाडौं । केन्द्र सरकारले सञ्चार विधेयकको पक्षपोषण गरिरहेका बेला प्रदेश नं. २ ले भने केन्द्र सरकारको निर्णय त्रुटिपुर्ण भन्दै  प्रदेशसभामा दर्ता गरेको सञ्चार विधेयक संशोधनकालागि प्रक्रिया अगाडि बढाएको छ ।

govinda-acharya
नेपाल पत्रकार महासंघले शुक्रबार काठमाडौँमा आयोजना गरेको विरोध कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्य । तस्बिर : रोशन सापकोटा

प्रदेशसभामा टेबल गरेको सञ्चार सम्बन्धी विधेयकमा प्राविधिक त्रुटिवश जरिवाना सम्बन्धी वाक्यांश पर्न गएकाले संशोधन गरिने प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बताएका छन् ।

सञ्चार सम्बन्धी विधेयकमा १ करोड रुपैयाँसम्म जरिवाना हुने वाक्यांश परेकोमा त्यसलाई सञ्चारकर्मीहरुसँगको परामर्शबाट संशोधन र परिमार्जन गरिने मन्त्री यादवले बताए। शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री यादवले विधेयकमा संचारकर्मीहरूले सम्प्रभुता विरुद्ध समाचार लेखेमा ५० लाखदेखि १ करोड रुपैयाँसम्म जरिवाना गर्ने भन्ने वाक्यांश र अन्य केही शब्दावली प्राविधिक त्रुटिवश पर्न गएका स्वीकारेका हुन्।

हेर्नुस् विज्ञप्ति जस्तको त्येस्तै

predesh -2

 


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा