६ माघ २०७८, बिहीबार
राजनीति

ओली र प्रचण्ड भतुवा पुँजीवादी हुन् , भतुवा कम्युनिष्ट हुन् : नेता वैद्य

प्रकाशित मिति :  ३ जेष्ठ २०७६, शुक्रबार २०:००


mohan-vaidhya

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दुई तिहाई मतको धम्की नदिन चेतावनी दिएका छन् ।

 बैद्यले भने -‘ओली र प्रचण्ड भतुवा पुँजीवादी हुन् । भतुवा कम्युनिष्ट हुन् । उनीहरुले सच्चा कम्युनिष्टको बेइज्जत गरिरहेका छन् । काँग्रेसले कम्युनिष्टको सरकारले केही गर्ने सकेन भन्छन्, उनीहरु कम्युनिष्ट नै होइनन्, भतुवा हुन् । भतुवाको कुनै ठाउँ ठेगाना हुँदैन । उसले अरुको बनाएको खाने काम गर्छ । ओली प्रचण्ड पनि त्यस्तै हुन् ।’

उनले जनमत बदलिने र नेपालका सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुले मुलुकमा जनवादी क्रान्ति पूरा गरेरै छाड्ने दाबी पनि गरेका छन्।

सिपी गजुरेलद्वारा लिखित पुस्तक ‘राजनीतिक घटनाक्रम र प्रवृतिहरु’को शुक्रबार काठमाडौंमा सार्वजनिक गर्दै उनले सच्चा कम्युनिष्टहरु वैकल्पिक शक्ति भएकाले ढिलै भएपनि मुलुकमा जनवादी क्रान्ति सम्पन्न गर्ने जिकिर गरे । उनले सत्तारुढ ने क पाका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालप्रति संकेत गर्दै संशोधनवाद/अवसरवादमा फसेका कम्युनिष्टहरुले मुलुकलाई डुबाएको आरोप लगाए।

महासचिव वैद्यले सच्चा क्रान्तिकारीहरु एकजुट हुन जरुरी रहेको बताएका छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा