८ आश्विन २०७८, शुक्रबार
वाणिज्य बैंक

‘गोल्डमेडलिस्ट’ आशालाई कामु सीईओको जिम्मेवारी

प्रकाशित मिति :  ३ जेष्ठ २०७६, शुक्रबार २०:४१


asha-rana-adhikari

काठमाडौं। सनराइज बैंक लिमिटेडले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी आशा राणा अधिकारीलाई दिएको छ। प्रमुख कार्यकारी अधिकृतबाट रत्नराज बज्राचार्यले अवकाश पाएपछि उनलाई ब्यवस्थापन प्रमुखको जिम्मेवारी दिइएको हो।

सनराइज बैंक स्थापना हुनु दुई महिना अगाडिबाट नै त्यस बैंकमा कार्यरत आशाले ११ बर्ष त्यहाँ बिताइसकेकी छिन् । उनले ३० बर्षभन्दा बढि अवधि बैंकिङ क्षेत्रमा काम गरिसकेकी छिन् । सहायक महाप्रबन्धकबाट सनराइज बैंकमा आफ्नो करियर सुरु गरेकी आशालाई जेठ १ गतेबाट लागू हुने गरी कामु प्रमुख कार्यकारीको जिम्मेवारी दिइएको छ ।

सनराइजमा आउनुअघि उनी हिमालयन बैंकमा कार्यरत थिइन् । हिमालयनमा आशाले १४ बर्ष काम गरेकी थिइन्। त्यसअघि सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकमा उनले काम गरेकी थिइन्। त्यहाँ उनले साढे ६ बर्ष काम गरेकी थिइन्। अमेरिकाको क्यालिफोर्नियास्थित एक बैंकमा काम गरेको अनुभव पनि उनीसँग छ। उनले त्रिभूवन विश्वविद्यालयबाट एमबीए गरेकी छिन्। उनी एमबीएकी ‘गोल्डमेडलिस्ट’ पनि हुन्। उनले महेन्द्र विद्याभुषणसमेत पाएकी छिन् ।

Who is Ms. Asha Rana Adhikary ?

Officiating Chief Executive Officer, Ms. Asha Rana Adhikary possesses more than 30 years of banking experience. Her first career started as an Accounting Assistant at Stanford University, California, USA in the year 1985 and subsequently as a Joint Account Officer at Rastriya Banijya Bank Ltd., Nepal from 1988 to 1993. During this period, she had also worked with ERNST and YOUNG in 1990 under the aegis of Commercial Bank Problem Analysis and Strategy Study (CBPASS) and with BOOZlALLEN & HAMILTON in 1992. Later, she worked fromthe position of Senior Officer to Senior Manager at Himalayan Bank Ltd. from December 1993 to September 2007 before starting her career at Sunrise Bank Limited as Assistant General Manager.

Ms. Adhikary has attended several professional training programs and has also imparted several trainings. She had attended‘Program for Cross Cultural Management (PCCM) in Tokyo, Japan conducted by AOTS, Japan in 2004. She had also attended Bank Management Course (BMC) in Stockholm, Sweden in 1991, including its Follow-up Asia Program in the Philippines in 1999.

Ms. Adhikary is a Gold Medalist, First Class First in MBA and was a recipient of the Mahendra Bidya Bhushan Gold Medal and Nepal Bank Limited Sardar Gunjamansingh Gold Medal. She also secured First position among the Girl candidates in Nepal in the Certificate Level – Intermediate and had received the Aishwarya Bidya Padak. She was awarded with King Birendra-Aishwarya Scholarship for pursuing Bachelor in Commerce studies.


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा