त्रिशूली ३ बी सवस्टेशन निर्माणको अवरोध हट्यो, आयोजनास्थलमा सुरक्षाकर्मी परिचालन
इन्द्र रिजाल
जेठ ४, २०७६ शनिबार १३:३७:२६
काठमाडौं । त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माणमा जाने तयारीमा रहेका करीब ६०० मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोड्न महत्वपूर्ण मानिएको त्रिशूली थ्री बी हव सवस्टेशन निर्माणमा देखिएको अवरोध हटेको छ ।
केही स्थानीयले विभिन्न माग राखी दुई दिनदेखि गरेको अवरोध आजदेखि हटेको र निर्माण शुरु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सो सबस्टेशनको क्षमता २२० केभी रहेको छ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ पहिरेबेंसीमा निर्माणाधीन सवस्टेशनको काम केही स्थानीयले नियतबस रोकेको प्राधिकरणको भनाइ छ ।
त्रिशूली नदी किनारमा बनिरहेको सवस्टेशनमा रसुवाको उत्तरगया–४ का केही स्थानीयले निर्माणमा अवरोध गरेका थिए । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार आयोजनाको निर्माणस्थल निरीक्षण गरेका हुन् ।
“नियतबस काममा अवरोध गरेको पाइयो, त्यही भएर जिल्ला प्रशासन कार्यालय नुवाकोटलाई सुरक्षा प्रबन्ध गरिदिन आग्रह गरिएको छ । आयोजनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन भएको छ”, घिसिङले भने । कार्यकारी निर्देशक घिसिङको आग्रहपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले आयोजनास्थलमा सुरक्षाकर्मी परिचालन गरेको छ ।
यो सबस्टेसन आगामी एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । रसुवामा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको साञ्जेन, १४.८ मेगावाटको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्नका लागि सोही सबस्टेशनको निर्माण सकिनैपर्ने हुन्छ ।
त्रिशूली नदी किनारमा सवस्टेशनको पर्खाल लगाउँदा स्थानीयले विरोध गरेका थिए । आयोजनाले बगरमा निर्माण गरिरहेको पर्खालमाथि सार्न माग गरेका थिए । स्थानीयको मागलाई प्राधिकरणले सम्बोधन गरिसकेको छ । त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने करीब ६०० मेगावाटको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न सबस्टेशनको निर्माण गर्न लागिएको हो ।
आयोेजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी एवं जर्मन विकास बैंक, युरोपेली लगानी बंैकको सहुलितपूर्ण ऋण रहनेछ । आयोजनाको अनुमानित लागत एक करोड ६० लाख अमेरिकी डलर रहेको छ । सबस्टेशनको अगामी पुसभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपडढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
मोहन्यालमा नौ वटा सिँचाइ योजनाको काम सुरु
बैशाख १२, २०८१ बुधबार
कुकुरभुक्कामा ५५ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार