८ आश्विन २०७८, शुक्रबार

विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

प्रकाशित मिति :  ४ जेष्ठ २०७६, शनिबार ०७:५७


काठमाडौं । नेपाल राष्ट्र बैंकले रु छ अर्ब बराबरको ‘विकास ऋणपत्र २०८६ ग’ बिक्री गर्ने भएको छ । बैंकले यही जेठ ५ गते बोलकबोल प्रक्रियाबाट बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकलाई उक्त परिमाणको ऋणपत्र बिक्री गर्न लागेको हो ।

सो ऋणपत्र धितो राखी कर्जा लिन वा दिनसमेत पाइनेछ । सो ऋणपत्रको व्याज भुक्तानी अर्धवार्षिकरुपमा गरिने बैंकले जनाएको छ ।

घटीमा रु ५० र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाइ ५० हजारले भाग गर्दा निशेष भाग जाने अङ्कमा ऋणपत्र खरीद गर्न सकिने बैंकले जनाएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा