६ माघ २०७८, बिहीबार

एक महिनाका लागि पूर्वराजा थाइल्याण्ड जाँदै

प्रकाशित मिति :  ४ जेष्ठ २०७६, शनिबार ०८:०२


काठमाडौं । पूर्व र मध्य तराई भ्रमणपछि केही दिन आराम गर्नका लागि पूर्वराजा ज्ञानेन्द्र शाह परिवार थाइल्याण्ड भ्रमणमा जाने भएका छन् ।

उनी पूर्वरानी कोमल, नातिनीद्वय कीर्तिका र पूर्णिकासहित केही टोली थाइल्याण्ड जान लागेका हुन् । पूर्व युवरानी हिमानी, भान्छे, सुसारे र केही सहयोगीसहितको टोली थाइल्याण्ड गएका हुन् ।

निर्मल निवास स्रोतका अनुसार उनी करिब एक महिना बसाईको लागि थाइल्याण्ड जान लागेका हुन् । ज्ञानेन्द्रका साथमा निजी सचिव सागर तिमल्सिना र सुरक्षा गार्ड हुनेछन् ।

गएको फागुनमा परिवारसहित झापास्थित आफ्नै स्वामित्वमा रहेको हिमालयन टी स्टेटमा बस्नुभएको ज्ञानेन्द्र परिवारसहित थाइल्याण्ड जान लागेका हुन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा