३१ भाद्र २०७८, बिहीबार
समाज

आज देशका मध्य र पूर्वी पहाडी क्षेत्रमा साँझपख पानी पर्ने सम्भावना !

प्रकाशित मिति :  ४ जेष्ठ २०७६, शनिबार ०९:३४


काठमाडौं । पश्चिमी क्षेत्रको मौसम बिहानैदेखि बदली भई केही ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् । अरु ठाउँको मौसम भने सफा छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको असरले पश्चिमी क्षेत्रको मौसम बिहानैदेखि बदली भई केही ठाउँमा पानी परिरहेको मौसमविद् सुवास रिमालले जानकारी दिए । उनका अनुसार आज पश्चिमको मौसम खुल्ने संभावना निकै कम छ ।

यस्तै अहिले सफा रहेको काठमाडौं उपत्यकासहित मध्य र पूर्वको पनि पहाडी क्षेत्रको मौसम दिउँसोपछि बदली भई बेलुकीतिर मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको उनले बताए ।

अरु ठाउँको मौसम भने सफा नै रहनेछ । पश्चिमको मौसम दिनभरी बदली भएपनि राति खुल्ने सम्भावना रहेको मौसमविद् रिमालले बताए।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा