८ आश्विन २०७८, शुक्रबार
फूटबल

एफ ए कप फाइनल आज, इतिहास रच्ने दाउमा सिटी

प्रकाशित मिति :  ४ जेष्ठ २०७६, शनिबार ११:३३


FA-CUP

एजेन्सी। इंग्लिस क्लब म्यान्चेस्टर सिटी ट्रिबलको खोजीमा आज मैदानमा उत्रने भएको छ ।

ऐतिहासिक ‘डोमेस्टिक ट्रेबल’ को खोजीमा रहेको सिटीले बेम्बलिमा हुने एफ ए कप फाइनलमा वाटफोर्डलाई पराजित गर्ने लक्ष्य बनाएको छ ।

पेप गोर्डिवलाको सिटीले केहि दिन अघि मात्र प्रिमियर लिगको उपाधि जितेको थियो भने कारावाओ कपमा जित हात पारेको थियो ।

सर एलेक्स फर्गुसनको म्यान्चेस्टर युनाईटेडले प्रिमियर लिग, च्याम्पियन्स लिग र एफ ए कप जितेर १९९९ मा ट्रिबल गरेको थियो ।
त्यस्तै लिभरपुलले एफ ए कप, लिग कप र युइएफ कप ट्रेबल २००१ मा जितेको थियो ।

तर कुनै पनि टोलीले अहिलेसम्म एकै सिजनमा तीन महत्वपूर्ण जित हात पारेको छैन । तर, आर्सनलको महिला टोलीले भने विगतमा डोमेस्टिक ट्रिबल जितेको थियो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा