८ आश्विन २०७८, शुक्रबार
राजनीति

‘‘कांग्रेस नभएको भए कुन म्युजियममा हुन्थ्यौ बैगुनी बाबुराम ?”: रामहरी खतिवडा

प्रकाशित मिति :  ४ जेष्ठ २०७६, शनिबार १३:०९


Ramhari-Baburam

काठमाडाैँ । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले कांग्रेसलाई म्युजियममा राख्नुपर्ने भाषण गर्ने डा. बाबुराम भट्टराईलाई काउन्टर दिएका छन् ।

गोरखामा कांग्रेसकै भोट पाएर चुनाव जितेका बाबुरामले गुन बिर्सिएर ‘बैगुनी’ भएको खुलासा गर्दै नेता खतिवडाले बाबुराममा दम्भ पलाएको बताए ।

सत्तारुढ उपेन्द्र यादवसँग एकता गरेपछि तपाईंमा दम्भ पलायो । तर कांग्रेसले भोट नदिएको भए कुन म्युजियममा हुन्थ्यौ बाबुराम’ नेता खतिवडाले प्रश्न गरे,‘‘तपाईंलाई जिताएको उपेन्द्र यादवले हो कि कांग्रेसले ?

उपेन्द्र यादवसँग पार्टी एकीकरण हुने वित्तिकै कांग्रेसमा छुद्र टिप्पणी गर्नु नैतिक पतनको संकेत रहेको नेता खतिवडाले बताए ।
उनले चुनाव जिताउने गोरखाका जनता र कांग्रेसी मतदातालाई बिर्सनु ठूलो धोका भएको समेत बताए । प्रतिनिधिसभा निर्वाचनमा बाबुरामलाई सघाउन उनको क्षेत्रमा कांग्रेसले उम्मेदवार उठाएको थिएन ।

उपेन्द्र यादवसँग पार्टी एकीकरण गरेर समाजवादी पार्टी नेपाल केन्द्रीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले शुक्रबार कांग्रेसलाई म्युजियममा सम्मान गरेर राख्नुपर्ने टिप्पणी गरेका थिए ।
पोखरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै बाबुरामले भनेका थिए, ‘नेपाली कांग्रेसको युग सकियो, प्रजातन्त्र स्थापनामा उस्को ठूलो भूमिका रह्यो । अब कांग्रेसलाई म्युजियममा सम्मान गरेर राख्नुपर्छ ।’

कांग्रेस म्युजियममा राखिएको भए बाबुरामको पराजय गोरखामा निश्चित रहेको घोषणा गर्दै कांग्रेस नेता रामहरि खतिवडाले भने, ‘बैगुनी बाबुरामको राजनीतिक पतन शुरू भएको छ ।
घमण्ड गर्ने नेताको निश्चय नै पतन भएका उदाहरण हामीसँग धेरै छन् । लज्जास्पद हार हुनबाट कांग्रेसले बचाएको चटक्कै बिर्सिने बाबुरामलाई अब कसैले पनि बचाउने छैन ।’


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा



तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता