७ आश्विन २०७८, बिहीबार
राजनीति

‘सरकार गठन भएको डेढ वर्ष भयो, प्रधानमन्त्रीले सिन्को भाँच्या छैनन्’ !

प्रकाशित मिति :  ४ जेष्ठ २०७६, शनिबार १३:४१


deuwa

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको मिडिया काउन्सीलसम्बन्धी विधेयक कांग्रेसले कुनैपनि हालतमा सदनबाट पास गर्न नदिने बताएका छन् ।

नेपालको संविधानले नै प्रेस स्वतन्त्रतालाई सुरक्षित गरेको अवस्थामा वर्तमान सरकारले कानुन ल्याएर प्रेसलाई नियन्त्रण गर्न खोजेको देउवाको भनाइ थियो ।

शनिवार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री देउवाले भने, ‘प्रेस स्वतन्त्रतामा जे पनि त लेख्न पाइन्छ नी, पहिला पनि त लेख्ने क्रम थियो, पत्रकार नै जे पाए त्यही त लेख्न आफैं पनि चाहँदैनन् नी ।’

सभापति देउवाले पत्रकारले जे पाए त्यही लेख्दा समाजले त्यस्ता पत्रकारलाई नपत्याउने र आफैं सकिने बताए ।
अर्को एक प्रसंगमा देउवाले केपी शर्मा ओलीको नेतृत्वको सरकारले मुलुक र जनताको लागि सिङ्को समेत भाँच्न नसकेको टिप्पणी गरे ।

देउवाले भने, ‘सरकार गठन भएको डेढ बर्षको समयमा यो सरकारले सिङ्को समेत भाँच्न सकेको छैन । सरकार मुलुक र जनताको पक्षमा परिवर्तन देखिने गरी काम गर्ने पक्षमा देखिँदैन ।’ कांग्रेसको नेतृत्व तहले तत्काल महाधिवेशन बोलाउन माग गरिरहेको समयमा सभापति देउवाले भने समय आएपछि हुने बताए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा