६ माघ २०७८, बिहीबार

बाबुराम भट्टराईले कांग्रेसका बारेमा गरेको टिप्पणी यस्तो छ

प्रकाशित मिति :  ४ जेष्ठ २०७६, शनिबार १५:२५


काठमाडौं। समाजवादी पार्टी गठन गरेपछि केहि हौसिएका डा बाबुराम भट्टराईले कांग्रेस पार्टीका बारेमा गरेको टिप्पणीलाई लिएर कांग्रेसका नेताहरुले प्रतिवाद गरेका छन्।

कांग्रेसको वलबुतामा गोरखाबाट सांसद भएका भट्टराईले वैगुनी चरित्र देखाएर गरेको टिप्पणीमा उनीहरुले प्रतिवाद गरेका हुन्।

नेपाली कांग्रेसका नेताहरु अर्जुननरसिंह केसी, धनराज गुरुङ, रामहरी खतिवडा लगायतका नेताहरुले भट्टराईलाई पाठ पढाएका छन्। उनीहरुले भट्टराईलाई राजनीतिक संस्कार देखाउन पनि भनेका छन्।

कांग्रेस नेता अर्जुननरसिंह केसीले भट्टराईलाई यस्तो जवाफ दिएका छन्ः कांग्रेसलाई म्युजियममा राख्ने डा भट्टराईको अभिव्यक्ति कल्पित ईच्छा र लोकतन्त्रबिरोधी मानसिकता हो।

आफ्नै पार्टीलाई म्युजियममा थन्क्याउदै सहयोगिमाथिको भद्दा भनाइले उहाँको अस्थिरता र अबिस्वस्नियता मात्र प्रदर्शित भएको छ। बैकल्पिक दल बन्न अरुलाई गाली होइन परिश्रम र पराक्रम गर्नोस्, हाम्रो शुभकामना छ।

अर्का कांग्रेस नेता धनराज गुरुङले दिएको जवाफ यस्तो छः एकजना पार्टी फेर्दै हिंड्ने श्रदेय नेताले ु नेपाली कांग्रेसलाई म्युजियममा राख्नुपर्छ ु भनेका रहेछन् । तर पार्टी फेर्दै हिंड्ने नेता यस्ता हुन्छन् भनेर प्रदर्शन गर्न चिडियाखानामा राख्नुपर्छ भनेर म भन्न चाहन्न किनकी राजनीतिमा विचारको वहस चलाउनु पर्छ, नकि गालीगलौजको।

अर्का कांग्रेस नेता रामहरी खतिवडाले भट्टराईलाई वैगुनी भन्दै काँग्रेस नभएको भए उनी आफै कुन म्युजियममा हुन्थे भनि उनैमाथि कटाक्ष गरेका छन्।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा