११ आश्विन २०७८, सोमबार

स्मार्टफोन : क्यामेराको विषयलाई लिएर प्रतिस्पर्धा

आधा स्मार्टफोनमा ३ भन्दा बढी क्यामेरा

प्रकाशित मिति :  ४ जेष्ठ २०७६, शनिबार १५:३७


एजेन्सी । अहिले स्मार्टफोन निर्माताको बीचमा क्यामेराको विषयलाई लिएर प्रतिस्पर्धा हुने गरेको छ । ग्राहकको ध्यान आकर्षित गर्न स्मार्टफोन कम्पनीले धेरै क्यामेराको फिचर्स भएको स्मार्टफोन ल्याउने गरेका छन् ।

यसैबीच सार्वजनिक भएको एक प्रतिवेदनले सन् २०२१ सम्म विश्वभर बिक्ने स्मार्टफोनमा करीब आधा स्मार्टफोनमा तीन वा सोभन्दा बढी क्यामेरा रहने देखाएको छ । पछिल्ला समय तनिओटा क्यामेरा भएका स्मार्टफोनमा ग्राहकहरु आकर्षित देखिएका छन् । एक अध्ययनअनुसार सन् २०१८ मा बिक्री भएका केवल ६ प्रतिशत स्मार्टफोनमा तीन वा सोभन्दा बढी क्यामेरा थिए ।

सन् २०१९ मा यो संख्या १५ प्रतिशतसम्म पुगेको छ । जबकी २०२० को अन्तिमसम्म यो संख्या ३५ प्रतिशत पुग्ने अनुमान छ ।

पहिला निकै महँगा स्मार्टफोनमा मात्र ड्युल क्यामेरा हुन्थ्यो तर अहिले सस्तो मूल्यका तीन वा सोभन्दा बढी क्यामेरा भएका स्मार्टफोन बजारमा सार्वजनिक भएका छन् ।

यस वर्षको अप्रिलसम्ममा सार्वजनिक भएका ४० भन्दा बढी स्मार्टफोनमा तीन वा तीनभन्दा बढी क्यामेरा छन् । यसमा ३० भन्दा बढी मार्चसम्ममा सार्वजनिक गरिएको थियो ।

यस्तो गर्नेमा हुवावेई र सामसुङ सबैभन्दा अगाडि छन् । पछिल्लो समय क्यामेर सेन्सरमा पनि स्मार्टफोन निर्माताले ध्यान दिँदै आएका छन् । सन् २०२० सम्म १ सय मेगापिक्सल सेन्सर भएकोे क्यामेरा आउन सक्ने बताइएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा