३१ भाद्र २०७८, बिहीबार

माउरिन्हो प्रशिक्षणमा फर्कने

प्रकाशित मिति :  ४ जेष्ठ २०७६, शनिबार १५:५४


एजेन्सी । म्यानचेस्टर युनाईटेडका पूर्व प्रशिक्षक जोसे माउरिन्हो प्रशिक्षणमा फर्कने भएका छन् । युनाईटेडबाट बर्खास्तमा परेपछि क्लबविहीन रहेका माउरिन्हो जुलाईबाट प्रशिक्षणमा फर्कने भएका हुन् ।

माउरिन्हो आफु जुलाईबाट प्रशिक्षकमा फर्कने बताएका छन् । ‘मसँग धेरै राम्रो गुणहरु छन् । जसलाई अन्य क्लब र व्यवस्थापनले सम्मान गर्नुपर्छ ।’ माउरिन्होले फ्रान्सको रेडियो आरएमसीसँग भने, ‘यो क्लबले मलाई चाहन्छ, तिनीहरुले मलाई सम्पर्क गरे । म त्यो बताउन चाहन्न ।’

क्लबविहीन बनेपछि उनी विभिन्न फुटबल लिगको कमेन्ट्री गरिरहेका छन् । खराब लय कायम राखेपछि युनाईटेडले डिसेम्बरमा उनलाई बर्खास्त गरेको थियो ।

‘जब मैले डिसेम्बरमायुनाइटेड छोडे । मैले तुरुन्तै निर्णय लिए म आउने समरमा काम गर्ने छु । मलाई आशा छ जुलाईमा फर्किएर त्यो परियोजनामा काम गर्छु ।’ माउरिन्होले भने ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा