३१ भाद्र २०७८, बिहीबार

प्रेसमाथि अङ्कुश लगाउने विधेयक संसदबाट पारित हुँदैन

प्रकाशित मिति :  ४ जेष्ठ २०७६, शनिबार १६:२८


काठमाडौं । विभिन्न राजनीतिक दलका नेताले प्रेसमाथि अङ्कुश लगाउने कुनै पनि विधेयक सङ्घीय संसदमा पारित हुन नदिइने प्रतिबद्धता जनाएका छन् ।

रिपोटर्स क्लबद्वारा शनिबार आयोजित साक्षात्कारमा नेताहरुले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयक–२०७५ माथि अझै पनि विज्ञसँग छलफल गर्न सकिने र प्रतिनिधिसभा, राष्ट्रियसभा र समितिमा छलफल हुनबाँकी रहेको हुँदा हतारमा आन्दोलनका कार्यक्रम नगर्न आग्रह गरे ।

नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का नेता दिनानाथ शर्माले भने, “तपाईहरु ढुक्क हुनुहोस, संविधानको प्रस्तावनामै उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रता विरुद्ध कुनै पनि प्रेस सम्बन्धी कानून आउँदैन ।”नेपालीकांग्रेसका नेता अर्जुननसिंह केसीले संविधानको प्रावधान, व्यवस्था र भावनाको प्रतिकूल हुने गरी सरकारले सञ्चार सम्बन्धी कानून र मिडिया काउन्सिल सम्बन्धी विधेयक ल्याएको भन्दै आपत्ति जनाए ।

उनले पछिल्लो पटक भ्रष्टाचार मौलाउँदै गएकाले संलग्न जुनसुकै व्यक्ति वा जुनसुकै पार्टीको भए पनि छानबिन गरी कारवाही गर्न सरकार समक्ष आग्रह गरे ।

समाजवादी पार्टी नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले मर्यादित र शिष्ट हुन पत्रकार र पत्रकारिता क्षेत्रलाई अपिल गरे । आफ्नो पार्टी पूर्ण प्रेस स्वतन्त्रताका पक्षमा रहेको उल्लेख गर्दै उनले पत्रकारिताका नाममा कसैको मुखपत्र नहुनसमेत पत्रकारलाई आग्रह गरे ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा