८ माघ २०७८, शनिबार

जीवन प्रसाईंको तेस्रो पुस्तक ‘वरिपरि नै सर्वोपरि’

प्रकाशित मिति :  ४ जेष्ठ २०७६, शनिबार १६:५८


काठमाडौं । केही वर्षयता आफ्ना पुस्तकहरूमार्फत् हामीलाई ‘जीवन जिउने काइदा’ सिकाउँदै आएका लेखक जीवन प्रसाईंको अर्को नयाँ पुस्तक बजारमा आउन भएको छ।

पब्लिकेशन्स नेपालबाट छिट्टै सार्वजनिक हुन लागेको प्रसाईंको आगामी पुस्तकको नाम हुनेछ, ‘वरिपरि नै सर्वोपरि’।

संयुक्त राज्य अमेरिकाको बर्मिङ्घमस्थित युनिभर्सिटी अफ अल्बामामा कार्यरत लेखक प्रसाईले यसअघि यसै पब्लिकेशन्समार्फत् स्वस्थ्य जीवनशैलीमा आधारित दुइटा पुस्तक ‘जीवन जिउने काइदा’ र ‘सधैं तन्नेरी’ दिइसकेका छन्।

प्रसाई अमेरिकामा स्वास्थ्यसम्बन्धी विषयमै अध्ययन अनुसन्धानमा सक्रिय छन्। उनले दुई दशकभन्दा बढी समयदेखि जडिबुटी र खाद्यपदार्थमा रहेका पोलिफेनोलको क्यान्सरलगायत जीर्ण रोगहरूको नियन्त्रण तथा उपचारमा हुने असरका क्षेत्रमा अनुसन्धान गर्दै आएका छन्।

उनको वैज्ञानिक अनुसन्धान केन्द्र ‘नेसनल इन्स्टिच्युट अफ हेल्थ’ ‘एनआइएच’ सँग समेत आबद्धता छ। खोजीमै आधारित उनका आलेख ‘साइन्स’ लगायत जर्नलहरूमा प्रकाशित छन् । प्रसाईंले जापानको तोयामा मेडिकल एन्ड फर्मास्युटिकल युनिभर्सिटीबाट औषधि विज्ञानमा विद्यावारिधी गरेका हुन्।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा