७ आश्विन २०७८, बिहीबार

अष्ट्रेलियाली लेबर पार्टीका नेताद्वारा राजिनामा दिने निर्णय

प्रकाशित मिति :  ४ जेष्ठ २०७६, शनिबार २१:५३


एजेन्सी । शनिबारको अनपेक्षित निर्वाचन परिणामसँगै अष्ट्रेलियाको लेबर पार्टीका नेता बिल शर्टेनले पराजयको जिम्मेवारी लिँदै पार्टी नेतृत्वबाट राजिनामा दिने निर्णय लिएको बताए ।

“निर्वाचन परिणामलाई हेर्दा यो पक्का भैसकेको छ कि अब लेबर पार्टीले नयाँ सरकार बनाउन सक्ने सम्भावना छैन,” शर्टेनले आफ्ना समर्थकलाई विश्वास गर्न कठिन निर्णय सार्वजनिक गरे ।

उनले थपे, “राष्ट्रिय हितका लागि केही समय अगाडि मैले लिबरल पार्टीका नेता तथा प्रधानमन्त्री स्कट मोरिसनलाई फोन गरी बधाई दिइसकेँ ।”


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा