३१ भाद्र २०७८, बिहीबार

करेन्ट लागेर युवकको मृत्यु

प्रकाशित मिति :  ५ जेष्ठ २०७६, आईतवार ०७:५८


गौशाला । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोनमा गाउँपालिका–४ गुलरिया गाउँ बस्ने राजाराम महतोका छोरा १८ वर्षीय शङ्कर महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

शनिबार साँझ आफ्नै घर नजिकै रहेको खेतमा पानी तान्ने मोटरबाट पानी लगाउने क्रममा अचानक मोटरको तारबाट करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको हो ।

मृतकको शव परीक्षणका लागि गए राति नै जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा