८ आश्विन २०७८, शुक्रबार

डोटीबाट विप्लव समुहका कार्यकता पक्राउ

प्रकाशित मिति :  ५ जेष्ठ २०७६, आईतवार ११:५०


डोटी । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक कार्यकर्तालाई डोटी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा प्रकाश थापा रहेका छन् ।

जिल्लाको बडीकेदार गाउँपालिका–४ भमरास्थित आफ्नै घरमा लुकिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका थापालाई प्रहरीले जिल्ला प्रहरी कार्यालय सिलगढीमा आइतबार पुर्‍याएको छ ।

पक्राउ परेका थापालाई सोधपुछ र बयानपछि आवश्यक कानूनी कारवाही अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताए।

पक्राउ परेका थापासँग सुरुमा बडीकेदार गाउँपालिका–४ को वडा कार्यालयमा भएको आगजनीका विषयमा सोधपुछ गरिने प्रहरीले जनाएको छ ।

कार्यालयमा ‘विप्लव’ समूहले आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ । बडीकेदार गाउँपालिका–४ को वडा कार्यालयमा वैशाख २३ गते राति नचिनेको समूहले आगजनी गरेको थियो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा