८ आश्विन २०७८, शुक्रबार
समाज

नगरपालिकामा तालाबन्दी

प्रकाशित मिति :  ५ जेष्ठ २०७६, आईतवार १३:०३


भानु नगरपािलका

तनहुँ । नगर प्रहरी छनोट प्रक्रियामा अनियमितता भएको भन्दै स्थानीयवासीले तनहुँको भानु नगरपालिकाको कार्यालयमा आज बिहान तालाबन्दी गरेका छन् ।

छनोट प्रक्रिया विपरित अयोग्य उम्मेदवारलाई उत्तीर्ण गराएको भन्दै उनीहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
यसै विषयलाई लिएर शुक्रबार समेत कार्यालयमा तालाबन्दी गरेका स्थानीयवासीले पुनः आज बिहान तालाबन्दी गरेका छन् । स्थानीयवासीले लगाएको ताला प्रहरीले शुक्रबार बल प्रयोग गरेर खुलाएको थियो ।

भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले विधि र प्रक्रिया पुर्‍याएरै नगर प्रहरी छनोट गरिएको बताएका छन् । परीक्षामा नाम ननिस्किएपछि धाँधली भयो भन्नु गलत रहेको उनको भनाइ छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा