१३ माघ २०७८, बिहीबार

किशोरीलाई महिनावारीमा सुरक्षित रहन प्याड तालीम

प्रकाशित मिति :  ५ जेष्ठ २०७६, आईतवार १४:०६


हुम्ला । किशोरीलाई महिनावारी सुरक्षा र प्याड बनाउने तालीम नाम्खा गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा महाबौद्ध मावि याल्वाङमा अध्ययनरत ८१ किशोरीलाई महिनावारी हुँदा स्वास्थ्य रहनुपर्ने तरिका तथा प्याड बनाउन एकदिने तालीम दिइएको छ ।

महिलालाई महिनावारीको समयमा सुरक्षित राख्नका लागि पहिलोपटक उक्त गाउँपालिकाको वडा नं ५ मा रहेको महाबौद्ध माध्यामिक विद्यालयमा अध्यायनरत माविस्तरका किशोरी र अन्य किशोरीलाई महिनावारीमा सुरक्षित रहन र प्याड बनाउने तालीम दिएको स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले जानकारी दिए।

अधिकांश गाउँमा महिलाले लाजमान्दै रोग लुकाउने गर्दा पछि नराम्रो परिणाम नराम्रो आउने भएकाले लाज नमानी आफूलाई लागेको रोगका बारेमा जानकारी गराउन आग्रह गर्दै उनले विकृति, विसङ्गति र अन्धविश्वास अन्त्य गर्न पहल गरिने बताए ।

हरेक किशोरी तथा प्रौढ महिलामा महिनावारीमा सुधार ल्याउनाका साथै सरसफाइमा ध्यान दिन लगाइ उनीहरुको गरिमा र आदर बढाउन तालीम आयोजना गरिएका स्वास्थ्य शाखाका सहसंयोजक दानबहादुर बोहोराले बताए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा