७ आश्विन २०७८, बिहीबार
राजनीति

नेकपा सचिवालयको बैठक अनिश्चितकालका लागि स्थगित !

प्रकाशित मिति :  ५ जेष्ठ २०७६, आईतवार १४:४४


काठमाडौं । पोलिटब्यूरो गठन र केन्द्रीय सदस्यको कार्यविभाजनका लागि बोलाइएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

पोलिट्व्यूरो सदस्यको नामावली नटुंगिएको र कार्यविभाजनमा शीर्षनेताहरुबीच विमति हुँदा बैठक स्थगित भएको बताइएको छ । प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले आज बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

अध्यक्ष ओलीले गृहकार्य नपुगेको भन्दै बैठक स्थगित गरिएको  एक नेताले जानकारी दिए । यसअघि शुक्रबार बसेको सचिवालय बैठकले जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएको थियो ।

सो बैठकमा पोलिटब्यूरोमा रहने सदस्यको नामावली र केन्द्रीय सदस्यको कार्यविभाजनबारे छलफल भएपनि आज निर्णय गर्ने भन्दै बैठक बोलाइएको थियो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा