८ आश्विन २०७८, शुक्रबार

नानीगाडमा जिप दुर्घटना : ३ जनाको मृत्यु

प्रकाशित मिति :  ५ जेष्ठ २०७६, आईतवार १५:१०


बैतडी । बैतडीको दशरथचन्द नगरपालिका ११ नानीगाडमा आइतबार बिहान जिप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

सदरमुकामबाट देवताल मन्दिर पुजा गर्न जाने भक्तजन बाकेको ग १ ज ४९२१ नम्बरको जिप बिहान साढे ११ बजेतिर सडकभन्दा डेढसय मिटर तल खसेको थियो । दुर्घटना परी अन्य ३ जना घाइते भएका छन् । एकको अवस्था गम्भीर छ ।

दुर्घटनामा परी दशरथचन्द(१० बाराकोटका अन्दाजी ४०र४५ वर्षका हिराबल्लभ भट्ट, सोही ठाउँका अन्दाजी ६५ वर्षीय नरुली भट्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ।

मृत्यु हुने मध्ये एकजनाको भने सनाखत हुन नसकेको र घाइतेहरुलाई जिल्ला अस्पताल बैतडी ल्याइदै गरेको प्रहरीले जनाएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा